आज पश्चिम नवलपरासीमा ३४ जनामा कोरोना संक्रमण पुष्टि
सुरेश यादव –
नवलपरासी, १४ बैशाख । आज पश्चिम नवलपरासीमा एकैदिन ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज जिल्लामा पिसिआर पक्षिणबाट १९ र एन्टिजेन्ट परिक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिए ।
आज संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय ८१ जना पुगेको छ ।
दोस्रो चरणको कोरोना संक्रमण सुरू भएदेखि जिल्लामा ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए । १० दिनको अवधिमा रामग्राम नगरपालिकामा मात्र मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
