कावासोतीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई गम्भीर घाइते
कावासोती । मंगलबार कावासोतीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वपश्चिम राजमार्गको कावासोती १६ मा ना १ ख ६३७८ नम्बरको ट्यांकरले रा ४ प १२०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार दाङको तुलसीपुर उपमहानगरपालिका ४ निवासी २८ बर्षीय सुमन थापा र नारायण थापा गम्भीर घाइते भएका छन् ।
घाइते दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
ठक्कर दिने ट्यांकर र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
