ढुङ्गाले थिचेर श्रीमतीको हत्या


दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् ।



इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् ।




मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै मृत्यु भएको हो ।उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।

फरार रहेका श्रीमान्को खोजी भइरहेको छ । विपनाकी चार वर्षीया छोरी छन् ।



सम्बन्धित
Loading...