ठिमुरा पुलबाट खसेर बेपत्ता भएका दुई मजदुरकाे शव फेला


चितवन । ठिमुरा र देवघाट जोड्ने पुलको निर्माणका क्रममा पुलबाट खसेर बेपत्ता भएका दुई मजदुरहरु मृत फेला परेका छन् । बैशाख १२ गते पुलको ट्रस मिलाउने क्रममा ट्रससंगै नदिमा खसेर एक मजदुरको मृत्यु र दुई जना बेपत्ता भएका थिए । ८ जना घाइते भएका थिए ।



बेपत्ता भएका सुजित माझी र श्यामबाबु पाठकको शव घटनास्थलबाट नौ सय मिटर तल ढुंगामा अड्एिको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए । बेपत्ता भएको तीन दिनपछि प्रहरीले ढुंगामा अड्किएको अवस्थामा शव फेला पारेको हो । शरिरमा सेफ्टी बेल्ट लगाइरहेकै अवस्थामा शव फेला परेको विष्टले बताए । शवको मुचुल्का उठाउने काम भइरहेको उनले बताए



सम्बन्धित
Loading...