प्रादेशिक शिक्षा नीति कार्यनयन गराउन जोड




नवलपुर । प्रादेशिक शिक्षा नीति तर्जुमा सम्बन्धि सुझाव संकलन कार्यशाला बुधबार कावासोतीमा भएको छ ।

गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयको आयोजना र शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरको समन्वयमा भएको कार्यक्रममा शिक्षा नीतिलाई कार्यान्वयन गराउन सहभागीहरुले जोड दिएका थिए ।




जिल्लाका शिक्षा सम्बन्धी विभिन्न संघ सस्थाका प्रतिनिधि, पेशागत संघ संगठनका प्रतिनिधि, पालिकाका प्रतिनिधि लगायतको उपस्तिथिमा अब आउने प्रदेशको शिक्षा नीति कस्तो बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव तोयानाथ शर्माले गण्डकी प्रदेसको शिक्षाको अवस्थाको बारेमा प्रकाश पारेका थिए ।

त्यसैगरी शिक्षा मन्त्रालयका पूर्व महानिर्देसक बाबुराम पौडेलले प्रादेशिक शिक्षा नीति निर्माण र १० बर्ष योजना कस्तो र कसरी गराउन सकिन्छ भन्नेमा छलफल चलाएका थिए ।

कार्यक्रममा जिल्ला प्रसासनका सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा, हुप्सेकोट गाउपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे, चुडामणि शर्मा, कृष्ण पोख्रेल, हरि न्यौपाने, मुक्तिराम पाण्डे, भिम कंडेल, रमेश अधिकारी, बिरेन्द्र पराजुली, बाबुराम बिक लगायतको उपस्थिति रहेको थियो ।

सहभागीले नीति मात्र बनाउने नभई त्यसलाई कार्यान्वयनमा लैजान खाँचो रहेकोमा जोड दिएका थिए ।



सम्बन्धित
Loading...