जनमोर्चाका सांसद हराएपछि संसद बैठक स्थगित
पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने दिन आजको प्रदेश सभाको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खीमविक्रम शाही नआएपछि बैठक स्थगित भएको छ ।
सोही दलकी सांसद पियारी थापाले दिएको निवेदनपछि बैठक स्थगित भएको प्रदेश सभाका सचिव हरिराज पाेखरेलले जानकारी दिए ।
