सबैभन्दा पहिला चन्द्रमासम्म यान उडाएर पुर्‍याउने माइकल कोलिन्सको निधन




अपोलो ११ मिशनका पाइलट तथा अन्तरिक्षयात्री माइकल कोलिन्सको २८ अप्रिल बुधवारका दिन ९० वर्षको उमेरमा निधन भएको छ । ३२ अक्टोबर १९३० मा जन्मेका कोलिन्सलाई अपोलो ११ मिशनलाई सफलतापूर्वक चन्द्रमामा पुर्‍याउने प्रमुखयान ‘कमान्ड  मोड्यूल   कोलम्बिया’  (Command Module Columbia) का पाइलटका  रुपमा  चिनिन्छ ।

यसै अभियानअन्तर्गत सन् १९६९ को २१  जुलाईका दिन  अपोलो ११ अभियानका कमान्डर निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेक्ने विश्वको पहिलो नागरिक हुने सौभाग्य पाएका थिए ।   निलले पाइला टेकेको केही मिनेट पछि अर्का सहयात्री  चंद्रयान ‘अपोलो  लूनर  मोड्यूल   ईगल’ (Apollo Lunar Module Eagle) का चालक  एल्ड्रिन बजले चन्द्रमाको सतहमा पाइला टेकेका थिए ।




माइकल कोलिन्सको उत्तरदायित्व भने अपोलो ११ मिसनको प्रमुखयान  कोलम्बियालाई  सही तथा सुरक्षित तवरले चन्द्रमाको अर्बिटसम्म पुर्‍याउने मात्रै रहेको थियो । अर्थात् कोलिन्सले चन्द्र अर्बिटसम्मको यात्रा मात्रै गरे ।

प्रमुखयान चन्द्र अर्बिटमा स्थापित भएपछि  चन्द्रमामा अवतरण गर्ने विशेष यान ईगल यसबाट पृथक भएर चन्द्र अवतरण हेतु अघि बढेको थियो ।  कोलिन्स भने ईगल यानमा नगई प्रमुखयान कोलम्बियालाई चन्द्र अर्बिटमा ‘ड्राइभ’ गरिरहे ।

ईगललाई ‘ड्राइभ’ गर्दै एल्ड्रिन बजले चन्द्र सतहमा अवतरण गराएका थिए । हुन त ईगल यानले २० जुलाई १९६९ को  राति  २० बजेर १७ मिनेट  मा नै चन्द्र सतहमा अवतरण  गरेको थियो । ईगलले चन्द्र सतहमा अवतरण गरेको झण्डै ६ घण्टा ३९ मिनेट पछि २ बजेर ५६ मिनेट जाँदा निल ईगलबाट ओर्लिएर चन्द्र धरातलमा पाइला राखेका थिए । उनले चन्द्र धरातलमा पाइला राख्दा पृथ्वीको क्यालेन्डरमा मिति परिवर्तित भएर २१ जुलाई भइसकेको थियो ।

निलले चन्द्र धरातलमा पाइला टेकेको झण्डै १९ मिनेट पछि एल्ड्रिनले चन्द्र धरातलमा पाइला टेकेका थिए ।

अभियानको प्रारम्भमै निश्चित थियो, कोलिन्सले चन्द्र अवतरण गर्न पाउँदैनन् ।  निल र बजले चन्द्रमामा ओर्लेर विश्वव्यापी ख्याति पाए । अधिकांश मानिसलाई निल र एल्ड्रिनको सफलताका पछाडि  कसको प्रमुख भूमिका थियो भन्ने थाहा छैन । निसन्देह अपोलो ११ मिसनको सफलता साथ चन्द्रमामा अवतरण गरी फर्किनुमा माइकल कोलिन्सको सबैभन्दा ठूलो भूमिका रहेको थियो । उनले निल र बजलाई चन्द्रमाको अर्बिटसम्म पुर्‌याउने काम मात्रै गरेका होइनन् वरन निल र बजलाई पृथ्वीसम्म फर्काउने काम पनि सफलता साथ गरेका थिए ।



सम्बन्धित
Loading...