चितवनमा चौबीसघन्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि




भरतपुर । चितवनमा गत चौबीसघन्टामा चितवन मेडिकल कलेज र भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा १०६ र भरतपुर अस्पतालमा ५६ जनामा संक्रमण पुष्टि भएको हो ।




चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा वैशाख १५ गते परीक्षण गरिएका २१४ नमुनामध्ये १०६ जनामा सङ्क्रमण पुष्टि भएको माइक्रोबायोलोजी विभागका प्रमुख डा. अनुप पौडेलले जानकारी दिए ।

डा. पौडेलका अनुसार सङ्क्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरका मात्रै ५८ जना छन् । जसमा ३१ पुरुष र २७ महिला रहेका छन् । यस्तै, रत्ननगर नगरपालिकामा ५ महिला र ३ पुरुष गरी ८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

खैरहनी ८ का १ पुरुष, २ पुरुष १ महिला र नवलपुरका ८ महिला र ५ पुरूष रहेका छन् ।

यस्तै, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा वैशाख १५ गते परीक्षण गरिएका १४० नमुनामध्ये ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख मणिराम महतोले जानकारी दिएका छन् ।

सङ्क्रमित हुनेहरुमा भरतपुर महानगरका २३ पुरूष र १७ महिला रहेका छन् । यस्तै, रत्ननगरका २ महिला, खैरहनीका ३ पुरूष, राप्तीका २ पुरुष, नवलपरासीका ५ महिला १ पुरुष तथा तनहुँ, स्याङ्जा र रौतहटका १/१ पुरूष रहेका छन् ।
चितवनमा मंगलबार १८३, सोमबार १०५ र आइतबार ११२ जनामा संक्रमण पुष्टि भएको थियो ।



सम्बन्धित
Loading...