मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक सल्यक्रिया




कावासोती । पूर्वी नवलपरासीको को कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा शल्यक्रिया भएको छ ।

६४ बर्षीय एक पुरुषको हर्नियाको निशुल्क अप्रेशन गरिएको हो । मध्यविन्दु जिल्ला अस्पतालमा यो नै पहिलो शल्यक्रिया भएको मध्यविन्दु जिल्ला अस्पतालका डा. शिवराज न्यौपानेले बताए ।




सामान्य अप्रेशनका लागि पनि भरतपुर धाउनु पर्ने नवलपुरका बासिन्दाका लागि सामान्य शल्यक्रियाले धेरै फाइदा पुग्ने अस्पतालले विश्वास लिएको छ ।

सर्जन डा. विरबहादुर थापा, डा. शिवराज न्यौपाने र डा. कमलराज न्यौपानेको टोलीले अप्रेशन गरेका हुन् ।



सम्बन्धित
Loading...