नवलपुरका अक्सिजन उद्योगलाई अक्सिजनको उत्पादन बढाउन निर्देशन
नवलपुर । पूर्वी नवलपरासीमा रहेका अक्सिजन उद्योगहरुलाई अक्सिजनका उत्पादन बढाउन जिल्ला प्रशासन कार्यालय नवलपुरले निर्देशन दिएको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, सुरक्षा अधिकारीहरु लगायतको टोलीले गैडाकोटमा रहेको सिद्धिविनायक अक्सिजन उद्योगको निरीक्षण पछि यस्तो निर्देशन दिएको हो ।
उक्त उद्योगले हाल हरेक दिन १ सय ५० सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएकोमा कामको क्षमता बढाई प्रतिदिन ३ सय सिलिण्डर उत्पादन गर्ने सहमति जनाएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् ।
कोभिडको दोस्रो लहर शुरु हुँदा जिल्लामा हुन सक्ने अक्सिजन अभावलाई ध्यानमा दिएर उद्योगका सञ्चालक किरण कुमालसँग छलफल पछि सहमतिमा उत्पादन वृद्धि गर्न लगाइएको पंगेनीले बताइन् ।
