जिल्ला अस्पतालमा जनशक्तिको अभावः ओपीडी सेवा बन्द




बाँके । कोरोना भाइरस संक्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ ।
जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी संक्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपीडी सेवा तत्काललाई बन्द गरेको अस्पतालले जनाएको छ । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ ।

आकस्मिक कक्षसमेत कोरोना संक्रमित बिरामीले भरिएपछि अन्य बिरामीको भर्ना लिने कार्य अस्पतालले बन्द गरेको छ ।




पचास शैय्याको सो अस्पतालमा उपचारका लागि आएका चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि बुधबारदेखि बिरामी भर्नामा रोक लगाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार गर्भवती, रगत अभाव भएका र आकस्मिकबाहेकका बिरामीको भर्नामा रोक लगाएको छ ।ओपीडी सेवा पनि अस्पतालको मूल गेटमा दिन थालिएको छ . चिकित्सकले टाढैबाट ज्वरो मापन गरी बिरामीको उपचार गरिराखेका छन् ।

अस्पतालको ओपीडी सेवा लिनका लागि दैनिक करिब तीन सय बिरामी आउने गरेका छन् ।



सम्बन्धित
Loading...