कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान पक्राउ


श्रीमती हत्‍या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्‍लाको प्रतापपुर गाउँपालिका ४ ठूलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।



घरायसी बिषयमा उनीहरूबीच झै–झगडा भई कुटपिट हुँदा श्रीमती सलन्ती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।




यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...