ताप्लेजुङमा थप एक कोरोना सङ्क्रमितको मृत्यु


ताप्लेजुङमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।



मृत्यु हुनेमा फुङलिङ नगरपालिका–५ का कोरोना सङ्क्रमित भक्ति माया तुम्बाहम्फे लिम्बू रहेकी छिन् ।

बिर्ता सिटी अस्पतालबाट शुक्रबार घर फर्किएकी ८५ वर्षीय लिम्बूको गए राति सङ्क्रमणका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । उनलाइ मुटुको समस्या पनि रहेकाे थियाे ।



सम्बन्धित
Loading...