बालिका खड्काको मुद्दामा आज थुनछेक बहस
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी बालिका खड्काको मुद्दामा आइतबार थुनछेक बहस हुँदैछ । 
जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले रातोपाटीलाई बताए ।
वैशाख ९ मा नेकपा एमालेको मुख्यालय थापाथलीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मुख्यालय निरीक्षण गर्न जाँदा बालिकाले मुख्यमन्त्री राईलाई गाली गरेकी थिइन् ।