कावासोतीको यातायात कार्यालयमा नियमित काम बाहेकका सेवा बन्द
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको यातायात कार्यालयका आंशिक कार्य आजदेखि बन्द गरेको छ ।
नवलपुर जिल्लामा पनि कोभिड १९ को संक्रमण फैलदै गएको र भिडभाडका कारण थप जोखिम बढ्न सक्ने भन्दै बैशाख १९ गते अर्थात आइतबारदेखि नियमित प्रवाह गर्नु पर्ने सेवाका बाहेक अन्य काम बन्द गरिएको कार्यालयले जनाएको छ ।
यातायात कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख ज्ञानप्रसाद भुसालले जानकारी अनुसार लाइसेन्सको फारम भर्ने, बायोमेट्री अर्थात फोटो खिच्ने, लिखित र ट्रायल परीक्षा लिने काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ ।
त्यसैगरी ब्लुबुक नवीकरण, सवारीको कर बुझ्ने, जांचपास, रुट पर्मिट लगायतका काम भने नियमित काम अन्तरगत हुने छ ।
