लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तीमा प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ उपधारा (१) अनुसार नियुक्त गरिएको बताइएको छ ।
यसअघि आज विहान शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका थिए ।
यस्तो छ विज्ञप्ती:
विमला खत्रीको हस्ताक्षर दुरुपयोग
एमाले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार गठन अघि प्रदेश सभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर त्यसलाई रोक्न माग गरेका थिए ।
प्रदेश प्रमुखसमक्ष पेश गरेका ४१ जना सांसदको हस्ताक्षरमध्ये विमला कुमारी खत्री वलीको पूरानो हस्ताक्षर दुरुपयोग गरी बहुमत पुर्याएको भन्दै त्यसलाई रोक्न माग गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दीन खानले बताए ।
उनको पूरानो हस्ताक्षर दुरुपयोग गरी एकल बहुमतको सरकार बनाउन लागेको भनेर रोक्न माग गरेका थिए ।
मेरो चाहानाले नै माओवादी रोजेकी हुँः बिमला वली
आजमात्रै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी लुम्बिनी प्रदेश सांसद बिमला ओलीले आफ्नो खुसीले दल परिवर्तन गरेको प्रतिक्रिया दिएकी छन् ।
बुटवलमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा सांसदका रुपमा निर्वाचिन भएर आउँदा माओवादीले धेरै सहयोग गरेको हुनाले आफूले उक्त पार्टी रोजेको बताएकी हुन्।
‘त्यतीबेला मैले एमाले या माओवादी भनेर चिन्दिनथेँ । मलाई राजनीतिमा आउनुपर्छ भनेर साथ र सहयोग माओवादीका साथीहरुबाट नै पाएँ,’ उनले भनिन्,‘मैले आफ्नो चाहानाले नै माओवादी रोजेकी हुँ ।’
वलीले माओवादी रोजेपछि एमाले नेताहरुले वलीलाई अपहरण गरिएको बताइरहँदा उनले बुटवलमा पत्रकार सम्मेलन गरेकी हुन् ।
वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिइन् । एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै वलीले माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक भएको थियो ।
