प्रेमिका जिस्काउदा मोतिबहादुरको हत्या, घटनामा संलग्न ३ जना पक्राउ




ईश्मा गाउँपालिका २ घर भई सोही गाउँपालिका १ छिनुवा खोलास्थित न्यू भूमरी होटलका संचालक २३ वर्षीय मोती बहादुर कुँवरको हत्या अर्काको प्रेमिका जिस्काउदा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोतीबहादुर गाउँकै मेला भर्न जाने क्रममा बाटोमा युवतीहरुलाई आँखामा लाइट बालि दिएको विषयमा घटना हुदाँ उनको हत्या भएको प्रहरीको भनाई छ ।

हत्या अभियोगमा प्रहरीले शुक्रबार ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईश्मा गाउँपालिका १ बस्ने २० वर्षीय शुसिल कुमार र सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोरहरु रहेका छन् । २०७७ भदौ २२ गते बिहान मोती बहादुरलाई उनकै होटेलभित्र रगताम्य भई बेहोस अवस्थामा उनकै दाइ यम बहादुर कुँवरले फेला पारी तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घासमा लगेकोमा उपचारको क्रममा मोति बहादुरको मृत्यु भएको थियो ।




२०७७ भदौ २१ गते राति मोती बहादुरको होटलमा रक्सी पिउने क्रममा २०७७ भदौ ३ गते राति तिजको मेला हेर्न राहाले जाने क्रममा मोती बहादुरले बाटोमा बसेका युवायुवतीलाई लाईट देखाएको विषयमा उनीहरुबिच झगडा हुँदा उक्त घटना भएको खुल्न आएको प्रहरीले जनायो । उनीहरु उपर जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



सम्बन्धित
Loading...