कपिलवस्तुका कोरोना संक्रमितको बुटवलमा मृत्यु


कपिलवस्तुका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा बुटवलमा मृत्यु भएको छ ।



वाणगंगा नगरपालिका वडा नं ७ का ३९ बर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विषेश अस्थायी अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो ।

वैशाख १७ गते कोरोना पोजिटिभ देखिएपछि सोही दिन अस्पताल भर्ना भएका संक्रमितको बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।




ती पुरुषमा ज्वरो आएको र र स्वासप्रश्वासको समस्या रहेको गौतमले बताए ।

 



सम्बन्धित
Loading...