माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक बस्दै
नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भएको छ । 
कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेकाले काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यलाई मात्र बैठकमा बोलाइएको हो र
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ । त्यस्तै सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने सम्बन्धमा पनि बैठकमा छलफल हुने भएको छ ।