लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ


लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।



मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार साँझ  नियुक्त गरेका मन्त्रीहरु  चेतनारायण आचार्य, भोज प्रसाद  श्रेष्ठ र धर्म बहादुर लाल श्रीवास्तवले प्रदेश प्रमुख धर्मनाथ यादवबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आचार्य आन्तरिक मामिला  तथा कानुन मन्त्री बनेका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रेष्ठ  र शिक्षा तथा सामाजिक विकास मन्त्री श्रीवास्तव बनेका छन् ।




यो सँगै पोखरेल नेतृत्वको १० सदस्यीय मन्त्रिमण्डल पुगेको छ । आज शपथ ग्रहण गरेका आर्चाय र श्रेष्ठ  एमाले पार्टीका हुन्  भने श्रीवास्तव सूर्य चिन्ह लिएर प्रदेशसभाका निर्वाचित भएका थिए ।



सम्बन्धित
Loading...