गैँडाकाेटका काेराेना संक्रमित एक पुरुषकाे मृत्यु
कोभिड १९ को संक्रमणबाट गैँडाकोट २ का एक जना पुरुषको मृत्यु भएको छ ।
७३ वर्षिय उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
आइतबार उनको कोरोना पुष्टि भएको थियो भने आज विहान साढे ३ बजे मृत्यु भएको हो ।
उनकाे आज विहान दाहसंस्कार गरिएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।
