नवलपुरमा आफ्नै छातिमा छुरा प्रहार गरी गम्भीर घाइतेको निधन


कावासोती । आफ्नै छातीमा छुरा प्रहार गरी गम्भीर घाइते भएका एक जनाको गएराति उपचारको क्रममा निधन भएको छ ।



पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ देउराली निवासी ३९ बर्षीया चिनमाया रानाले घरमा कोही नभएको मौका छोपी आफ्नै कोठामा धारिलो हतियार चक्कु आफ्नै छातीमा प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा ल्याइएकोमा गएराति उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।




चिनमाया राना विगत १ बर्षदेखि कलेजोका रोगी रहेको र सोही कारणले आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । प्रहरीले उनकै कोठाबाट चक्कु समेत बरामद गरेको छ ।

शव पोष्टमाटर्मको तयारी भईरहेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=MiJLjAgEl40



सम्बन्धित
Loading...