नवलपुरमा थप दुई जनाको कोरोना संक्रमणका कारण निधन
नवलपुर । पूर्वी नवलपरासीमा थप दुई जना कोरोना संक्रमितको निधन भएको छ । यो सहित दोस्रो लहरको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नवलपुरमा ९ पुगेको छ ।
कावासोती ०२ का ६३ बर्षीय पुरुषको चितवन मेडिकल कलेजमा र मध्यविन्दु नगरपालिका १२ का ७० बर्षीय पुरुषको भरतपुर अस्पतालमा गएराति निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
https://www.youtube.com/watch?v=MiJLjAgEl40