संसद सचिवालयका कर्मचारीको कोरोनाबाट मृत्यु
संसद सचिवालयमा कार्यकरत एकजना उपसचिवको कोरोनाबाट मृत्यु भएको छ ।
संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
बुधवार स्वाब परीक्षण गराएका उनको शुक्रबार बिहान मृत्यु भएको खबर आफूहरुले पाएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए।
विरामी अवस्थामा नै उनी स्वाव दिन आएको उल्ल्ेख गर्दै प्रवक्ता डा. पाण्डेले हिजो पोजेटि आएको बताए ।
प्रवक्ता पाण्डेका अनुसार हालसम्म संसदका १५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ।