परासीमा एचडीयु केन्द्र सञ्चालनको मागगर्दै प्रदेश सभा सदस्य जयसवालद्वारा मन्त्रालयको ध्यानआकर्षण÷मन्त्रालयद्वारा प्रस्तावित केन्द्रको निरीक्षण


हरि शर्मा
परासी, २४ बैशाख । कोरोना संक्रमितहरुको सुविधायुक्त उपचारको लागि पश्चिम नवलपरासीमा एचडीयु केन्द्र सञ्चालन हुने भएको छ ।



गतवर्ष नै पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमामा एचडीयू केन्द्र सञ्चालनका लागि जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरे पनि आवश्यक पहल नहुँदा सञ्चालन हुन सकेको थिएन ।

एचडीयू सेवा नहुँदा संक्रमितहरुको उपचारमा समस्या आएको र मृत्यु दरसमेत बढ्न थालेको भन्दै प्रदेश सभा सदस्य बैजनाथ जयसवालले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठको ध्यानआकर्षण गराएपछि १० बेडको एचडीयू केन्द्र सञ्चालनको तयारी सुरु गर्न लागिएको हो ।




प्रदेश सभा सदस्य जयसवालको ध्यानआकर्षणपछि मन्त्रालयले परासीमा प्रस्तावित गरिएको भवनको निरीक्षण गरेको थियो । केन्द्र निर्माणका लागि अस्पतालको पुरानो भवन प्रस्तावित गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशानलयका निर्देशक डा. विनोद कुमार गिरीले प्रस्तावित केन्द्रको निरीक्षण गर्नु भएको थियो ।

सो क्रममा निर्देशक गिरीलाई अस्पतालले केन्द्र निर्माणका लागि १ करोड ४६ लाख लाग्ने लागत स्टिमेटबारे जानकारी गराएको थियो ।

निरीक्षणपछि मन्त्रालयद्धारा २÷४ दिनमा एचडीयू सेवा सञ्चालनको तयारी थालिने जानकारी आएको प्रदेश सभा सदस्य जयसवालले जानकारी दिनुभयो ।



सम्बन्धित
Loading...