निषेधाज्ञा अवज्ञा गरी बस चलाउने चालक नियन्त्रणमा


गुल्मी प्रहरीले निषेधाज्ञा अवज्ञा गरी यात्रुहरु ओसारपसार गर्ने बस चालकलाई नियन्त्रणमा लिएको छ ।



शुक्रबार बुटवलबाट ३० जना यात्रुहरू राखेर आइरहेको लु १ख ७१८९ नम्बरको बसलाई चालकसहित जिल्लाको मुख्य नाका रिडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

त्यो सहित अवज्ञा गर्ने अरु सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चालकलाई कानुनअनुसार कामकारबाही चलाउने कि पहिलो पटकलाई चेतावनी सहितको कागज गराइ छाड्ने बिषयमा छलफल भैरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन ।




गुल्मीमा गएराति देखि जेठ ४ गते सम्मका लागि दोश्रो पटक निषेधाज्ञा जारी भएको छ ।

 



सम्बन्धित
Loading...