नवलपुरमा ६७ थान अक्सिजन ग्यास सिलिण्डर संकलन




नवलपुर प्रहरीले जिल्लाको विभन्न ठाउँबाट ६७ थान अक्सिजन ग्यास सिलिण्डर संकलन गरेको छ । जिल्लाका विभिन्न ठाउँका ग्रिल पसल, कवाडी पसल तथा वर्कशपबाट गरी ६७ थान अक्सिजन सिलिण्डर संकलन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले पठाएको प्रेस नोटमा उल्लेख छ ।

जिल्ला कोजिड संकट व्यवस्थापन के न्द्र (डिसीसीएमसी) को अनरोधमा जिल्लाभित्र रहेका कोजिड संक्रमिति विरामी उपचाररत स्वास््य केन्द्रलाई आवश्यक्ता परेको वखत तत्काल उपलव्ध गराउने प्रयोजनका लागि अक्सिजन सिलिण्डर संकलन गरिएको जिल्ला प्रहरी कायाालय नवलपरासी –पूर्वका सूचना अिधिकारी दिलिपकुमार गिरीले जानकारी दिनुभयो ।




संकलन गरिएका अजससिन ग्यास सिलिण्डरहरू जिल्ला प्रहरी तथा मातहत समेतका प्रहरी ईकाईहरूमा राखिएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...