देवचुलीको कांग्रेस पार्टी कार्यालय आइसोलेशन बनाउन दिने


नेपाली कांगे्रस नवलपुरको देवचुली नगरको पार्टी कार्यालय आवश्यक परेमा आईशोलेसन र क्वारेन्टाइनका रुपमा प्रयोग गरिने भएकोा छ ।
नेपाली कांग्रेस देवचुली नगर कमिटीले कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइशोलेसन र क्वारेन्टाइन निर्माणका लागि पार्टी कार्यालयको भवन प्रयोग गर्न दिने निर्णय गरेको हो । शनिबार बसेको नेपाली कांगे्रस देवचुलीको पदाधिकारी बैठकले नगरमा आवश्यक आइसोलेसन निर्माणको लागि पार्टी कार्यालयको भवन प्रयोग गर्न पनि नगरपालिकालाई आग्रह गर्ने निर्णय गरेको नगर सचीव नारायण पौडेलले जानकारी दिए ।
त्यस्तै, बैठकले नगर उपसभापति रबिलाल सापकोटाको संयोजकत्वमा प्रकोप व्यवस्थापन उपसमिति गठन गरेको छ । उपसमितिले कोरोना संक्रमितको उपचारमा नगरपालिकाको स्वास्थ्य शाखासँग आवश्यक समन्वय गरी सहयोग गर्ने पौडेलले बताए ।



 



सम्बन्धित
Loading...