गैंडाकोटमा नियमित खोप सेवा स्थगित
नवलपुरको गैंडाकोट नगरपालिकाले नगरपालिका कार्यालयबाट नियमित रूपमा उपलब्ध गराउँदै आएको खोप सेवा स्थगित गरेको छ ।
विश्वभर फैलिएको कोभिड १९ को नयाँ भेरियन्टको दोस्रो लहरका कारणले सृजना भएको असहज परिस्थितिका कारण उक्त सेवा हाललाई स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत यामप्रसाद सुवेदीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
https://www.youtube.com/watch?v=P9_Qa5kSdGg