ट्याक्टर काण्ड: देशैभर सकारात्मक प्रभाव पारेको निश्कर्ष
नवलपुरको देवचुली नगरपालिकाको गैरजिम्मेवारीका कारण कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि गरिएको खबरदारीले देशैभर सकारात्मक प्रभाव पारेको स्थानीय सचेत युवा समूहले ठहर गरेको छ ।
देवचुलीको सचेत युवा समूहले आगामी दिनमा नगरपालिकाको सकारात्मक कााममा सधैं साथ दिने निर्णय गरेको श्याम शर्मा भुसालले बतााए ।
बैठकमा क्रान्तिकारी माओवादीका काशी काफ्ले, जनता समामजवादी पाटीृकाा दुर्गा भुसाल, वाइसीएलका चन्द्र रानाभााट लगायतका सचेत युवाहरुको सहभागिता रहेको थियो ।
नवलपुरको देवचुली नगरपालिकाका १३ का संक्रमित पुरुषलाई समयमा अस्पताल पुर्याउन नसक्दा मृत्यु भएको थियो । नगरपालिकाले कुनै पनि गाडी उपलब्ध गराउन नसकेपछि विरामीलाई टेक्टरमा राखेर अस्पताल लैजादै गर्दा ती पुरुषको बाटोमै ज्यान गएको थियो । उक्त घटनापछि स्थानीय सचेत युवा समूहले विरामीलाइ बोक्न आफ्नो गाडीसमेत नदिएको भन्दै नगरपालिकाका मेयर उपमेयरलाई सरकारी सेवाको गाडी चढ्न रोकेका थिए ।
उक्त घटनापछि देवचुलीसहित देशैभरका पालिकाहरुले एम्बुलेन्स तैनाथ गरेका छन् भने मेयर उपमेयर चढ्ने गाडीलाई बिरामी बोक्न प्रयोग गर्न थालिएको छ ।
