नवलपुर कावासाेतीका थप एक पुरुषकाे काेराेनाका कारण मृत्यु


कावासोती । कोरोना संक्रमणको कारणले कावासोतीमा थप एक जनाको जिल्ला अस्पतालमा साझ ७:५० बजे मृत्यु भएको स्वास्थ कार्यालय नवलपुरले जनाएको छ ।



गत वैशाख २१ कोराना संक्रमित भएका उनी होम आईसोलेसनमा रहेका थिए । स्वास्थ्यमा समस्या आए पछि उनलाई मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याईएको थियो ।

यो सँगै जिल्लामा कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको १५ संख्या पुगेको छ भने कोरोना संक्रमितले ज्यान गुमाउनेको कुल संख्या ४७ पुगेको छ ।



सम्बन्धित
Loading...