नवलपुरमा अनलाइनबाट विद्युत महसुल भुक्तान गर्न आग्रह
कोरोना भाइरस (कोभिड१९) का कारण मिटर रिडिङमा समस्या परेको भन्दै नवलपुरको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले मिटरमा खपत भएको अंक कार्यालयमा टिपाउन आग्रह गरेको छ ।
कोभिड १९ को नयाँ भेरियन्ट सहितको संक्रमण फैलिरहेको कारण मिटर रिडरहरु घरघरमै पुगेर जाचँ गर्न सक्ने अवस्था नरहेको भन्दै कार्यालयले स्वंयम ग्राहकवर्ग लाई अंक टिपाई महशुल भुत्तानी गर्न अनुरोध गरेको हो ।
कार्यालयका अनुसार मिटरमा अपत भएको अंक कार्यालयले उपलव्ध गराएको नम्बर वा विद्युत्त प्राधिकरणको बेवसाईटमा गै सेल्फ मेटिर रिडिङ मार्फत मिटरको खपत भएको अंक पठाउन सकिने उल्लेख छ । साथै खपत अंक पठाएको भोलिपल्ट अनलाईन भुक्तानी मार्फत विद्युत्त महशुल भुक्तानी गर्न सकिने पनि नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।
