२४ घण्टामा कावासोतीमा २ जना संक्रमितको निधन




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार कावासोती ३ का ४३ बर्षीया महिला र कावासोती ८ का ७१ बर्षीय पुरुषको निधन भएको छ ।




कावासोती ३ निवासी ४३ बर्षीया महिलाको नयाँ मेडिकल कलेज भरतपुरमा आज दिउँसो साढे २ बजेको समयमा निधन भएको हो ।

त्यसैगरी कावासोती ८ निवासी ७१ बर्षीय पुरुषको बैशाख २८ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका उनको ३० गते भरतपुर अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

उनलाई निमोनिया सम्बन्धि समस्या देखिए पछि स्वाब परीक्षण गरिएको थियो ।

दोस्रो लहर शुरु भएसँगै नवलपुरमा यो सहित ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

 



सम्बन्धित
Loading...