नवलपुरमा घरायसी विवादमा धारिलो हतियार प्रहार गरी दाईभाउजु घाइते


नवलपुर । पूर्वी नवलपरासीमा धारिलो हतियार प्रहार गरी दुई जना घाइते भएका छन् ।



नवलपुरको बुलिङटार गाउँपालिका १ बक्रमटार बस्ने ४१ बर्षीय बाबुराम कुमाल र उनकी श्रीमती दमन्ती कुमाल गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई आफ्नै सरोदर भाई ३६ बर्षीय भानु कुमाल र २८ बर्षीय सुन्दर कुमालले गएराति आपसी घरायसी विवादमा हसिया प्रहार गरी घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।




बाबुराम कुमालको घाँटीमा र उनकी श्रीमतीको बाँया हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

कुटपिट गर्ने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा ल्याई आवश्यक कारवाही अगाडि बढाएको नवलुर प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...