बारा जीप दुर्घटनाका घाइते प्रमुख जिल्ला अधिकारीको मृत्यु


बारा, ६ फागुन । कर्मचारी मिलन केन्द्रको रात्री भोजबाट फर्कने क्रममा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ ।
उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमवार मृत्यु भएको हो ।
यसअघि १२ माघमा भट्टराईको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किँदा सशस्त्र प्रहरी बलका एसपी बलराम पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो । सोही दुर्घटनामा भट्टराईसहित अन्य ३ जना घाइते भएका थिए ।
गत शनिबारबाट उनको परिवारले पत्रकार सम्मेलन गरेर घटना शंकास्पद भएको दाबी गर्दै छानविनको माग गरेको थियो ।



सम्बन्धित
Loading...