नवलपुरमा एकै दिन ९५ जनाले जित्यो कोरोना, ४८ जना नयाँ संक्रमित थपिए
नवलपुर । पूर्वी नवलपरासीमा आइतबार ९५ जना संक्रमित निको भएका छन् । यो सहित नवलपुरका संक्रमण जित्नेको संख्या ४ सय ९५ पुगेको छ ।
त्यसैगरी नवलपुरमा आइतबार ४८ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका संक्रमित सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ७५ पुगेको छ ।
त्यसैगरी आइतबार एक जनाको निधन भएको छ ।