देवचुलीको दुम्कौली अस्पतालमा आजबाट १५ शैय्याको आइसोलेसन सुरु
देवचुली नगरपालिकामा (आज) सोमबार देखि कोरोना संक्रमितका लागि अक्सिजन सहितको १० शैय्या थप गरि १५ शैय्याको आइसोलेसन सुरु गरिएको छ ।
देवचुली नगरपालिका वडा नं ३ दुम्कौली अस्पतालमा रहेको ओपिडि अर्काे सूचना नआउने बेला सम्मका लागि बन्द गरिएको र अक्सिजन सहितको १५ शय्याको आइसोलेसन शुरु गरिएको हो ।
नयाँ भेरियन्ट सहितको कोरोना भाईरस संक्रमण देवचुली नगरपालिकामा पनि दिन प्रति दिन फैलिरहेकाले कोही संक्रमित पनि शैय्याको अभावमा छटपटिनु नपरोस भन्ने उद्धेश्यले समयमा नै आइसोलेसनको व्यवस्था गरिएको देवचुली नगरपालिका स्वास्थ्य शाखा सि.अ.हे.व अधिकृत शिव पराजुलीले जानकारी दिनुभयो ।
आइसोलेसनमा ४ जना डाक्टर, ४ जना नर्स, ४ जना पारामेडिकल र सहयोगी राखी २४ घण्टा संक्रमितको सेवामा राखिएको छ । हाल सम्म देवचुलीको दुम्कौली कोभिड अस्पतालमा दुईजना कोरोना संक्रमितको उपचाररत भइरहेको छ ।