चौधरी उद्योगले ४० थान अक्सिजन सिलिन्डर रिफिल गरि जिल्ला प्रशासनलाई बुझायो
कावासोती । पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले ४० वटा अक्सिजन सिलिन्डरमा अक्सिजन भरी जिल्ला प्रशासन कार्यालय लाई हस्तान्तरण गरेको छ ।
कोरोना महामारीमा जिल्लामा अक्सिजन अभाव नहोस् भन्नाका लागि जिल्ला अस्पताल तथा नगर अस्पतालमा प्रयोग गर्न मिल्ने गरि अक्सिजन सिलिन्डर रिफिल गरि हस्तान्तरण गरिएको उद्योग ग्रामले जनाएको छ ।
हस्तान्तरण कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, प्रहरी प्रमुख प्रकाश मल्ल, चौधरी उद्योग ग्रामका सिएसआर प्रमुख रामचन्द्र धिताल लगायतको उपस्थिति रहेको थियो ।
https://www.youtube.com/watch?v=0Arvmwd41a8