पश्चिम नवलपरासीमा सक्रिय संक्रमितको संख्या १३ सय नाघ्यो
परासी । पश्चिम नवलपरासीमा सक्रिय संक्रमितको संख्या १३ सय नाघेको छ ।
सोमबार ३५ जना नयाँ संक्रमित थपिएसँगै पश्चिम नवलपरासीमा सक्रिय संक्रमितको संख्या १ हजार ३ सय २५ पुगेको हो ।
पश्चिम नवलपरासीमा सोमबार २४ जना संक्रमित निको भएका छन् भने १ जना संक्रमितको ज्यान गएको छ ।