नेपालमा थप ९ हजार २४७ जनामा कोरोना संक्रमण, २१४ को मृत्यु


नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पीसीआर परीक्षण र ४३४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ हजार २४७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । नेपालमा थप २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १४५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।




उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।



सम्बन्धित
Loading...