लुम्बिनी प्रदेश सरकारद्वारा पृथ्वी चन्द्र अस्पतालका लागि १५ लाख निकासा
परासी । पश्चिम नवलपरासीको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताललाई लुम्बिनी प्रदेश सरकारले एचडियु सञ्चालनका लागि १५ लाख रुपैयाँ बजेट निकासा गरेको छ ।
एचडियु सेवा संञ्चालन र कोरोना संक्रमितको व्यवस्थापनका लागि भन्दै १५ लाख रुपैयाँ प्राप्त भएको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले जानकारी दिए । तर, सो रकम एचडियु सहितको सेवा विस्तारका लागी प्रयाप्त नरहेको उनको भनाई छ ।
एक करोड बढीको बजेट माग गरिएकोमा जम्मा १५ लाख रुपैयाँ मात्रै प्राप्त भएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
यस अघि रामग्राम नगरपालिकाले पनि अस्पतालमा एचडियु सेवा सञ्चालनका लागि १० लाख रकम प्रदान गरेको थियो ।
अधिकांशलाई उच्च गति अर्थात एचडियुबाट अक्सिजन दिनुपर्ने अवस्था छ तर अस्पतालमा त्यो व्यवस्था नहुँदा कतिपय संक्रमितले अकालमा ज्यान गुमाउनु परेको छ ।
अस्पतालमा सामान्य अक्सिजन सुविधा बाहेक अन्य सुविधा विस्तार हुन सकेको छैन । अस्पतालमा एक महिनाको अवधिमा झण्डै २० जनाको मृत्यु भईसकेको छ ।
https://www.youtube.com/watch?v=mSkrqGzargA