बारामा दुई नाबालक दाजुभाईको घाँटी रेटेर हत्या
बारामा एकै ठाउँमा दुई नाबालक दाजुभाईको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको छ। बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा उनीहरुको शव फेला परेको छ ।
सहोदर दाजुभाई ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ ।
प्रदेश –२ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरु हिजो दिउँसोबाट हराएका थिए । साँझदेखि उनीहरुको खोजी भएको थियो । उनीहरुका बुवा वैदेशिक रोजगारीका लागि कतारमा छन् ।
डीआईजी सिंहले भने, “हत्याको कारणबारे अनुसन्धान सुरु गरेका छौं । पारिवारिक वा अन्य के कारण हो खोज्दैछौं । अहिले यसै भन्न सकिन्न ।”
https://www.youtube.com/watch?v=gGTyIUrWYYQ
