पिसीआर मेशिनका लागि उवासंघले भवन उपलब्ध गराउने




हरि शर्मा –
परासी, ४ बैशाख ःउद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले पिसीआर परीक्षण मेशिन सञ्चालन गर्न आफनो भवन उपलब्ध गराउने भएको छ ।

जिल्लामा पिसीआर परीक्षण मेशिन नहुँदा बुटवल र भैरहवा जानुपर्ने बाध्यता छ । संघीय सरकारले पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीलाई मेशिन उपलब्ध गराएको छ । १५ दिनअघि मेशिन आएपनि कोठा अभावले सञ्चालन आउन ढिलाई भएपछि उबासंघले आफ्नो भवन उपलब्ध गराउने भएको संघका अध्यक्ष केशव भण्डारीले बताए । ‘ हाम्रो भवनमा रहेको सभाहल र कोठा उपलब्ध गराउने बारे अस्पताललाई भनेका छौं ।




यथाशिघ्र मेशिन सञ्चालनको व्यवस्थाका लागि अस्पताल लाग्नु प¥यो । ’अध्यक्ष भण्डारीले भने । अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले उवासंघले सहयोग गर्ने जनाएको बताउँदै अन्य स्थानमा पनि खोजी भईरहेको र नपाईए त्यही लगेर सञ्चालन गर्ने बताए ।

यसैबीच संघले २ सय वटा अक्सिजन शिलिण्डर जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउने जनाएको छ । जिल्ला प्रशासनमा रहेका खाली शिलिण्डरमध्ये २ सय थान शिलिण्डरलाई रिफिल गरेर बुझाउन लागिएको अध्यक्ष भण्डारीले बताए । जिल्लामा अक्सिजनको कमि हुन नदिनका लागि शिलिण्डर रिफिल गरेर दिन लागेको उवा संघले जनाएको छ ।

https://www.youtube.com/watch?v=mSkrqGzargA&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=2



सम्बन्धित
Loading...