कावासोतीमा २४ घण्टामा ३ जना संक्रमितको निधन


कावासोती । पूर्वी नवलपरासीको कावासोतीका पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको ज्यान गएको छ ।



स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार अनुसार कावासोती १६ निवासी ८२ बर्षीया महिला, कावासोती १३ की ४६ बर्षीया महिला र कावासोती २ निवासी ६८ बर्षीय पुरुषको गएराति संक्रमणबाट निधन भएको हो ।

कावासोती २ निवासी ६८ बर्षीय पुरुषको गएराति १२ बजे मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
जेठ २ गते श्वास फेर्न गाह्रो भई मध्यविन्दु जिल्ला अस्पताल ल्याईएका ति पुरुषको सोही दिन कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।




त्यसैगरी कावासोती १६ निवासी ८२ बर्षीया महिलाको बैशाख २८ गते कोरोना पोजेटिभ देखिए पनि होम आइसोलेशनमै रहेका थिए । उनको स्वास्थ्यमा समस्या आए पछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा मंगलबार विहान पौने ४ बजेतिर निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

यसैगरी कावासोती १३ निवासी ४६ बषीृय महिलालाई निमोनिया देखिएको र बैशाख ३१ गते मध्यविन्दु जिल्ला अस्पतालमा कोभिड १९ पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

उनलाई जेठ २ गते चितवन मेडिकल कलेज चितवनमा रिफर गरिएकोमा मंगलबार राति साढे १ बजे निधन भएको हो ।
सो सहित कोरोनाको दोस्रो लहर शुरु भए यता कावासोतीमा मात्रै ११ जनाको निधन भएको छ भने नवलपुर जिल्लामा २६ जनाको निधन भएको छ ।

नवलपुरमा दोस्रो लहर शुरु भए यता कावासोतीमा मात्रै ४ सय ९१ जनामा कोरोना पोजेटिभ देखिएको छ भने अहिले कावासोतीमा २ सय ५९ जना संक्रमित रहेका छन् ।

त्यसैगरी जिल्लामा १८१९ जना संक्रमित देखिएका छन् भने जिल्लामा अहिले १ हजार ९७ जना सक्रिय संक्रमित रहेका छन् ।

 

https://www.youtube.com/watch?v=gGTyIUrWYYQ&t=3s

 

 



सम्बन्धित
Loading...