दाउन्नेमा बस दुर्घटना कम्तिमा ४ जनाको निधन, उद्दार कार्य जारी


नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा कम्तिमा ४ जनाको ज्यान गएको छ ।



पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र मिश्रका अनुसार दुर्घटनामा अहिलेसम्म ४ जनाको निधन भएको, एक जना बसमै च्याएको अवस्थामा पाइएको छ ।

काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिकामा पर्ने दाउन्नेको खुर्सानी खोलामा दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार दुर्घटनामा परि घाईते भएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केसी र ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले उद्दार गरिरहेको छ ।




घटनास्थलबाट उद्दार गरिएका घाईतेलाई चिसापानी अस्पतालमा पठाईएको र अहिले सम्म ४ जना मृत अवस्थामा फेला परेको घटना स्थलमा उद्दारका लागि खटिएका ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लले जानकारी दिए ।

काठमान्डौबाट रुकुमका लागि छुटेको ना ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो ।
घटनाको विस्तृत विवरण भने आउन सकेको छैन ।

 

https://www.youtube.com/watch?v=gGTyIUrWYYQ



सम्बन्धित
Loading...