पश्चिम नवलपरासीमा गोली चल्यो एक जना घाईते




हरि शर्मा –
परासी, ५ जेठ । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गोली चलेको छ । गोली लागेर १ जना घाईते भएका छन् ।

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । सुरुमा ५÷७ जनाको समूहमा जान आएका व्यक्तिहरुलाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरुले गाउँमा पुगेर अरु स्थानीयलाई खबर गरेका थिए ।




५०÷६० जनाको समूहमा आएका स्थानीयहरुले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।

‘भिडलाई नियन्त्रण गर्न सुरुमा अश्रृ ग्याँस प्रहार गरिएको थियो । तर भिड अझ उग्रहुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको हो ।’ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने । गोली लागेर घाईते हुनेमा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षिय अविनाश राजभर छन् ।

उनको शहिद स्मृती अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था गंभिर छ । भिडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक (सई) शंकर बुढाथोकी घाईते भएको र उनको टाउकोमा गंभिर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=fkKdhCYhVyE

 



सम्बन्धित
Loading...