अमरापुरीका युवाहरुले बनाए कारोना न्यूनीकरण रिस्पोन्स टिम




कोभिड–१९ को न्युनिकरणमा नवलरासीपूर्व गैंडाकोट–१६ का युवाहरु लागि परेका छन् ।

अमरापुरीका सक्रिय युवाहरुले “कोभिड–१९ न्यूनीकरण रिस्पोन्स टिम” गठन गरि कोरोना भाइरस न्युनिकण गर्ने अभियान नै चलाएका छन् ।




विहिबार अभियान अन्तर्गत रहेर स्वास्थ्य सामाग्री बितरण गर्नुको साथै जनमानसमा कोरोना भाइरस सम्बन्धी सचेतना समेत दिएका छन्् ।

कोभिड–१९ न्यूनीकरण रिस्पोन्स टिमको सक्रियतामा नमुना आमा समुहको आयोजना र धर्मभक्त टोल बिकास संस्थाको आर्थिक सहयोगमा आज ८५ घरधुरीलाई सर्जिकल मास्क, सेनिटाइजर लगाएतका स्वस्थ्य सामाग्री बितरण भएको छ ।

कोभिड–१९ संक्रमण दरलाई न्युनिकरण गर्न खटिएका अमरापुरीका ११ वटा महिला समुहहरुलाइ आफ्नो तलवबाट रु.१० हजारको दरले सहयोग गर्ने गैंडाकोट वडा नम्बर १६ का वडाध्यक्ष गोवर्धन ज्ञावालीले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।



सम्बन्धित
Loading...