कोरोनाबाट जुध्न दिव्यपुरीमा बन्यो एकीकृत विपद व्यवस्थापन समिति
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १, २, ३, ४ र ५ नम्बरका युवाहरुको भेलाले कोरोनाको महामारी नियन्त्रणका लागि सहयोग गर्न एकीकृत दिव्यपुरी विपद व्यवस्थापन समिति गठन गरेको छ ।
विदेशमा रहेका युवाहरुको सहयोगमा एकीकृत दिव्यपुरी विपद व्यवस्थापन समिति गठन गरिएको हो ।
वडा नम्बर १ देखि ५ का वडाअध्यक्षहरु सल्लाहाकार रहने गरी कृष्ण वाग्लेको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ ।
जसको उपाध्यक्षमा मनबहादुर सुनाखरी, सचिवमा सागर पौडेल, कोषाध्यक्षमा प्रदिप काफ्ले, सहसचिवमा मन्जित कुँवर, सदस्यहरुमा सुशिल चापागाई, मिलन विक, विवेक अधिकारी, विक्रम पुरी, सुबास बस्ताकोटी, दिपक न्यौपाने, धनबहादुर लुंगेली, हेमन्तराज गैरे, आषिष वाग्ले लगायत रहेका छन् ।
