दुवाकुनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
नवलपरासी, ७ फागुन ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १३ दुवाकुनमा मंगलबार मोटरसाइकल दुर्घटना हँुदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार ना १३ प ७४१७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका १४ छापार्दी निवासी २७ बर्षीय ओमबहादुर सारुको घटना स्थलमै मृत्यु भएको हो ।
बजारबाट घरतर्फ पहाडी बाटो फर्कदै गर्दा मोटरसाइकल दुर्घटनामा परेको हो ।