कावासोतीमा आज १७ थपिए, ३० निको भए
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा शुक्रबार ३० जना संक्रमित निको भएका छन् । त्यसैगरी शुक्रबार १७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय कावासोती शाखाका अनुसार कोभिडको दोस्रो लहर शुरु भए यता कावासोतीमा ५ सय ३२ जनामा संक्रमण पुष्टि भएकोमा २ सय ८७ जना निको भएका छन् भने १३ जनाको निधन भएको छ ।
कावासोतीमा अहिले २ सय ३२ जना सक्रिय संक्रमित छन् ति मध्ये २ सय ११ जना होम आइसोलेशनमा उपचाररत रहेका छन् ।
